जिल्ला अस्पतालमा चिकित्सकको अभाव

विदुर, १४ माघ जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दी रहेका चिकित्सक काठमाडौ बस्दा नुवाकोटको स्वास्थ्य सेवा प्रभावित भएको छ । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक अभावले दैनिक बिरामी काठमाडौ जानुपर्ने बाध्यता रहेको छ । चिकित्सककै अभावले जिल्ला अस्पताल त्रिशूलीमा रहेका बिरामी काठमाडौ पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ । सहज र सुविधायुक्त स्वास्थ्यसेवा प्रवाह गर्ने राज्यले […]

Continue Reading

जङ्गली हात्तीद्वारा घरमा तोडफोड

राजविराज, १४ माघ कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति तीन दर्जन बढी घरमा तोडफोड गरेर क्षति पुर्याएको छ । जिल्लाको अग्निसाइर कृष्णासवर र रुपनी गाउँपालिकामा जङ्गली हात्तीले तीन दर्जन घरमा क्षति गरेको स्थानीय वृजमान तामाङले जानकारी दिए । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहले रुपनी गाउँपालिका–६ का वीरबहादुर […]

Continue Reading

काठेखोलामा आठ घरबास

बागलुङ, १४ माघ काठेखोला गाउँपालिकाका आठ स्थानमा सामुदायिक घरबास ९होमस्टे० कार्यक्रम शुरु भएको छ । गाउँमा पर्यटक भित्र्याउने लक्ष्यसहित घरबास चलाउन गाउँले कस्सिएका हुन् । घुमफिर, खानपान र संस्कृतिका हिसाबले यहाँका ग्रामीण बस्ती घरबासका लागि उत्तम मानिन्छन् । गाउँपालिका–७ रेशमा मात्रै चार घरबास सञ्चालनमा ल्याइएको छ । बौर, डोटा देउराली, मौरी झरना र रेश सामुदायिक […]

Continue Reading

वन्यजन्तु बाढीबाट जोगाउन ‘उच्च स्थलीर्’

कावासोती, १४ माघ नारायणी नदीमा वर्षाको समयमा वन्यजन्तु बगाउने समस्या बढेपछि यसको रोकथामका लागि उच्च स्थली(नदी किनारमा अग्लो भाग) बनाइएको छ । वर्षाको समयमा बाढी र डुबानका बेला वन्यजन्तुलाई संरक्षण गर्ने उद्देश्यले नवलपुरको देवचुली नगरपालिकामा पर्ने दिव्य मध्यवर्ती सामुदायिक वनस्थित नारायणी नदीमा उच्च स्थली निर्माण गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने नारायणी नदी आसपास […]

Continue Reading

हिउँदे वर्षाले इँटा उद्योगमा क्षति

काठमाडौँ, १४ माघ मुलुकभर शुरु भएको हिउँदे वर्षाका कारण इँटा उद्योगमा करोडौँ रुपैयाँको क्षति पुगेको छ । पोल्ने तयारीका लागि बनाइएका लाखौँ काँचो इँटामा वर्षाले क्षति पु¥याउँदा ठूलो नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ । मुलुकभर हाल एक हजार बढी ‘फिक्स चिम्नी’ भएका इँटा उद्योग छन् । एक साताको अवधिमा वर्षाले आधाजति उद्योगका […]

Continue Reading

घाइतेलाई हेलिकप्टरद्वारा काठमाडौँ लगियो

गलकोट, १३ माघ  बागलुङ नगरपालिका–२ हल्लनचोकमा एक जिपले ठक्कर दिँदा सख्त घाइते भएकी एक महिलालाई थप उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौ लगिएको छ । आज बिहान तीव्र गतिमा पोखरातर्फ जाँदै गरेको ग १ ज ५२९९ नं को जिपले स्थानीयवासी २६ वर्षीया ज्योति सापकोटालाई ठक्कर दिँदा उनी सख्त घाइते भएकी थिइन । घाइते सापकोटालाई धौलागिरि अञ्चलअस्पतालमा उपचार […]

Continue Reading

जडीबुटी खेती विस्तार गरिँदै

पर्वत, १३ माघ यस वर्षदेखि जिल्लामा व्यावसायिक रूपमा जडीबुटी उत्पादन उत्पादन गरिने भएको छ । जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएकाले डिभिजन वन कार्यालयले खेती विस्तारका साथै पुराना जडीबुटी सङ्कलन गर्ने कार्यक्रम अघि बढाएको हो । जिल्लाका उच्च पहाडी क्षेत्रमा जडीबुटीको राम्रो सम्भावना देखिएपछि यो कार्यक्रमलाई चालु आर्थिक वर्षदेखि प्रभावकारी रूपले सञ्चालन गर्न थालिएको डिभिजनल अधिकृत […]

Continue Reading

इँटाको मूल्यमा वृद्धि

बाँके, १३ माघ  बाँकेका इँटा उद्योगले इँटाको मूल्यमा वृद्धि गरेका छन् । कच्चा पदार्थ मूल्य बढेसँगै इँटाको मूल्य बढेको व्यवसायीहरुले बताएका छन् । इँटाको नयाँ मूल्य फागुन १ गतेबाट लागू हुने गरी वृद्धि गरिएको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जियानुल खाँनले जानकारी दिए । ‘‘कच्चा पदार्थको मूल्य व्यवसायीले थेग्नै नसक्ने गरी बढिरहेको छ […]

Continue Reading

पानीले छ करोड इँटा बिग्रिए

चन्द्रौटा,१३ माघ लगातार दुई दिनसम्म परेको पानीका कारण कपिलवस्तुमा करीब छ करोड इँटा नोक्सान भएका छन् । बेमौसमी पानी परेका कारण काँचो इँटा उत्पादन गरी पोल्न तयारीमा राखेका इँटा पानीले बिग्रिएपछि उद्योगीले ठूलो नोक्सानी बेहोर्नुपरेको नेपाल इँटा व्यवसायी सङ्घका प्रथम उपाध्यक्ष सफरअली मिँयाले जानकारी दिए । शिवराज नगरपालिकामा रहेको लोकप्रिय इँटा उद्योगमा मात्र शुक्रबार र […]

Continue Reading

कर्मचारीको रोजाइ : प्रदेश नं ३ र काठमाडौँका स्थानीय तह

काठमाडौँ, १० माघ समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश नं ३ र ७५३ स्थानीय तहमा काठमाडौँ महानगरपालिका परेका छन् । कर्मचारीको समायोजनको पहिलो प्राथमिकतामा परेको प्रदेश नं ३ मा १३ हजार ६८४ र काठमाडौँ महानगरमा सात हजार २१२ कर्मचारीले आवेदन फाराम भरेका छन् । प्रदेशमा ५८ हजार ६२३ ले समायोजन फाराम भरेकामध्ये […]

Continue Reading