प्रवासी नेपालीद्वारा राहत प्रदान

समाचार

बेझाड, २४ पुस


वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका गणेश गैरेको परिवारलाई प्रवासी नेपालीले राहत रकम उपलब्ध गराएका छन् ।

पाल्पा चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको परिवारलाई कतारमा बस्दै प्रवासी नेपालीले सङ्कलन गरी पठाएको रु एक लाख ७८ हजार हस्तान्तरण गरिएको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताए । वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका गैरेको गत कात्तिक २ गते निधन भएको थियो । शव ल्याउन कम्पनीले सहयोग नगरेपछि दुई महीनापछि मात्र गैरेको शव नेपाल ल्याइएको थियो । उनको श्रीमती, दुई छोरी र एक छोरा बिचल्लीमा परेपछि प्रवासी नेपालीले रकम सङ्कलन थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *