जुम्ला विमानस्थल महिना दिन बन्द हुने

विशेष समाचार समाचार

काठमाडौं, ९ कात्तिक

जुम्लाको विमानस्थल एक महिनाका लागि बन्द भएको छ ।

विमानस्थलभित्रको रन–वे ओभर ले (कालोपत्रे पुनः मर्मत) गर्नुपर्ने भएकाले कात्तिक ८ गतेदेखि मंसिर ८ गतेसम्मका लागि विमानस्थल बन्द गरिएको हो।

जुम्ला विमानस्थलका निमित्त प्रमुख रिंकी मल्लिकका अनुसार १५ वर्ष पहिले कालोपत्रे गरिएको रन–वे बीचबीचमा बिग्रिएकाले त्यसको ओभर ले गर्न बन्द गरिएको हो।

‘रन–वे ओभर ले गर्न आजदेखि मंसिर ८ गतेसम्म एक महिनालाई विमानस्थल बन्द गर्नुपरेको हो,’ निमित्त प्रमुख मल्लिकले भनिन्, ‘ओभर लेपछि माथिबाट आउने निर्देशन अनुसार सञ्चालन हुन्छ।’

जुम्ला विमानस्थलमा सुर्खेत र नेपालगञ्जबाट नियमित उडान हुने गथ्र्यो। जुम्लामा विमानस्थल बन्द हुनअघि कम्तीमा तीन वटा बढीमा चारदेखि पाँच वटासम्म जहाज अवतरण हुन्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *