घुस मागेको आरोपमा कर्मचारी पक्राउ

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट भक्तपुर
काठमाडौँ, १९ असोज


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वाग्मतीका सवारी चालक अनुमतिपत्र कार्यालयका नायब सुब्बा नवराज पराजुलीलाई रु पाँच हजार घुस लिएको अभियोगमा शुक्रवार कार्यालय परिसरबाटै पक्राउ गरेको छ ।

आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार पराजुलीलाई लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गराइदिने भन्दै परीक्षामा अनुत्तीर्ण भएका एक सेवाग्राहीसँग घुस लिएको अभियोग छ ।

यस्तै आयोगले शुक्रवार नै काठमाडौँ महानगरपालिका टेकुको मिसिल शाखाका कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको फाइल खोज्न आनाकानी गरी एक सेवाग्राहीसँग रु पाँच हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले कार्यालय सहयोगी गिरीलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *