ट्रिपरको ठक्करबाट एकको मृत्यु, ट्रिपरमा आगजनी

समाचार

न्यूज अपडेट भक्तपुर
भक्तपुर, १७ असोज

भक्तपुरमा बुधबार साँझ ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

काभ्रेबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ३६५० नम्बरको ट्रिपरले बा ८८ प ८५२ नम्बरको बाईकलाई ठक्कर दिदाँ मोटरसाइकल चाललकको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रिपरमा आगजनी भएपछि स्थीति नियन्त्रणमा लिन प्रहरीले १ सेल अश्रुग्यास प्रहार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *