प्रलेसकोे ६६ औँ वार्षिक उत्सव सम्पन्न

कला/साहित्य समाचार

काठमाडौँ, ६ असोज


प्रगतिशील लेखक सङ्घले आफ्नो ६६ औँ वार्षिक उत्ससवका अवसरमा शुक्रबार राजधानीमा ‘अक्टोबर क्रान्तिले नेपाली कला–साहित्यमा पारेको प्रभाव’ विषयक गोष्ठी विचार गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा माक्र्सवादी चिन्तक मोहन वैद्य ‘चैतन्य’ र बेदुराम भुषालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र सरला रेग्मीले टिप्पणी गरेका थिए । सो अवसरमा पूर्व लडाकु तथा साहित्यकार सीता बि.क.लाई यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्रदान गरियो । प्रत्येक वर्ष वार्षिक उत्सवका अवसरमा प्रदान गरिने पुरस्कारको राशि दश हजार र प्रमाणपत्र रहेको छ ।
प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेलले प्रलेसले सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि सघन बहस र विमर्श गर्दै अगाडि बढिरहेको बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष निनु चापागाईं, संघका उपाध्यक्ष खेम थपलिया, अक्टोवर क्रान्ति सतवार्षिकी समारोह समितिका संयोजक सोनाम साथी, प्रलेसका उपाध्यक्ष डा. पुष्करराज भट्ट र महासचिव आर.एम. डङ्गोलले प्रलेसका गतिविधिबारे प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *