युएईले ल्याएको विदेशी अबैधानिक कामदारको लागि ‘एम्नेष्टी’ कार्यक्रम, हजारौ नेपाली लाभान्वित Read more at: http://www.bizkhabar.com/special/41603.html

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

२०७५ साउन १६ (August 1, 2018)  काठमाडौं ।

संयुक्त अरब इमिर्ट्स (युएई) सरकारले आफ्ना देशमा अबैध रुपमा बस्दै आएका आप्रवासी कामदारलाई बैधानिक हुनका लागि बाटो खुला गरिदिएको छ । युएई सरकारले अबैधानिक रुपमा बस्दै आएका आप्रबासी कामदारलाई बैध बनाउन तथा स्वदेश फिर्ताको लागि एम्नेष्टी लागू गर्दै आममाफी दिन लागेको हो । युएई सरकारले अगस्ट १ देखि उक्त कार्यक्रम कार्यान्यनमा ल्याएको छ । नेपाली दूतावासले जारी गरेको सुचना अनुसार सो एम्नेष्टी यही अगस्ट १ देखि अक्टोवर ३१ सम्म चल्नेछ । सो अबधिभित्रमा अवैध रुपमा काम गर्दै आएको विदेशी नागरिकको एम्नेष्टीमा सहभागिता भई बैधानिक हुन सक्नेछन् । उक्त व्यवस्थाबाट हजारौं नेपाली कामदारहरु लाभान्वित हुने सम्बद्ध वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । ‘अहिले नेपाली कामदारहरु एउटा कम्पनीका गएर अर्कोमा भाग्ने तथा भिजिट भिसामा गएर काम गर्ने क्रम बढेको छ,’ एक व्यवसायीले भने, ‘युएई सरकारले ल्याएको एम्नेष्टीले त्यसता कामदारलाई बढि फाइदा पुग्नेछ ।’ युएई सरकारले ल्याएको आममाफीकोे प्रक्रियाअनुसार अवैधानिक तवरले युएई प्रवेश गरेका आप्रवासी कामदारहरु जरिवाना र जेल सजाय विना आफ्नो देश फर्कन सक्नेछन् । युएईले त्यसरी फर्काइएका कामदारलाई आफ्नो देशमा आउनको लागि २ बर्षसम्म प्रतिबन्ध लगाउने भएको छ । यसैगरी कुनै आप्रवासी कामदारले युएईमै वैधानिक भएर काम गर्न चाहेको अवस्थामा त्यहाँको मानव संशाधन तथा इमिरिटाइजेसन मन्त्रालयको भच्र्युल जब मार्केट वेबसाइटमा आफुलाइ रजिस्टर गर्न सक्नेछन । त्यसरी बैधानिक भएको कामदारलाई रोजगारी खोज्नका लागि ६ महिनाको अस्थायी भिसा दिने भएको छ । तर, आममाफी अन्तरगत बैधानिक भएर त्यहि काम गर्नका लागि भने ५ सय दिहराम सहित आवेदन दिनपर्नेछ । सोही अनुरुप युएई स्थित नेपाल दूतावासले आफ्ना नागरिकलाई पनि उक्त अवसरको सदुपयोग गर्दै बैधानिक हुन आग्रह गरेको छ । नेपालीहरु भिजिट भिसामा गएर वा एउटा कम्पनीसँग सम्झौता गरी अर्के कम्पनीका काम गर्ने क्रम बढेसँगै युएईमा पनि धेरै नेपाली कामदार अबैधानिक रुपमा बसेको हुनसक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । दूतावासका अनुसार एम्नेष्टीमा सहभागिता हुनका लागि पुरानो राहदानी आवश्यक पर्नेछ । तर, राहदानी हराएको अवस्थामा पुलिस रिपोर्ट चाहिने छ । रोही आधारमा दूतावासले ट्राभल डकुमेण्ट समेत जारी गर्ने छ । सो कार्यका लागि भने सम्बन्धित व्यक्तिले तोकिएको दस्तुर तिर्न पर्ने हुन्छ । यस अघि मलेसिया सरकारले पनि आफ्ना देशमा रहेका अबैधानिका कामदारलाई बैंधानिक बनाउन वा आ-आफ्नो घर फर्कनका लागि एम्नेष्टी कार्यक्रम ल्याएको थियो ।

Read more at: http://www.bizkhabar.com/special/41603.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *