हीरक वर्षको उपलक्ष्यमा पूर्व विद्यार्थीहरूको भेला

विशेष समाचार शिक्षा समाचार

भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालयको हीरक वर्ष २०७५ को उपलक्ष्यमा एसएलसी २०४० देखि २०५० साल समूह सम्मको पूर्व भेला श्रावण १२ गते शनिबार सम्पन्न भएको छ ।
भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरीको प्रगतिलाई अझै उच्च बनाउन सम्पूर्ण पूर्व विद्यार्थीहरूले पनि साथ दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
वागीश्वरीबाट उत्पादित जनशक्तिको वर्तमान अवस्थामा विभिन्न पदमा रहेर निभाइरहेको जिम्मेवारी र वर्तमान परीक्षाको उत्साहजनक नतिजाले वागीश्वरीको स्थिति प्रष्ट्याइरहेको स्पष्ट पार्नुभयो ।
वागीश्वरी माविको हीरक वर्षको उपलक्ष्यमा १२ महिनामा १२ वटा महत्वपूर्ण कार्यक्रमहरू गर्ने व्यवस्थापन समितिको निर्णयअनुसार यो कार्यक्रम भइरहेको जानकारी दिनुभयो ।

अतिथि पूर्व प्रधानाध्यापक मोहनप्रसाद प्रजापतिले विद्यालयको स्थितिबारे प्रष्ट पार्दै वागीश्वरी कलेजले हालै खरिद गरेको १ रोपनी ७ आना जग्गामा भवन निर्माणको लागि प्रक्रिया अगाडि बढिइरहेको जानकारी दिनुभयो ।
उहा“ले वागीश्वरी माविबाट हालसम्म ४ हजार भन्दा बढी विद्यार्थीहरूले एसएलसी उत्तीर्ण गरिसकेको जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापति, शिक्षक विश्वेश्वर मानन्धरलगायत पूर्व विद्यार्थी प्रतिनिधिहरूले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ज्याख्वले पूर्व विद्यार्थीहरूलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो भने पूर्व विद्यार्थीहरूको तर्फबाट पनि विद्यालयलाई मायाको चिनो प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *