आज पनि ‍समातियो विमानस्थलबाट करिब ४ किलो सुन

अर्थ/वाणिज्य विशेष समाचार समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि करिब ४ किलो सुन समातिएको छ।

हिजो मात्र प्रहरीले ३ किलो अवैध सुन सहित पाँच जना भारतिय नागरिकलाई पक्राउ गरेको थियो। आज बुधबार पनि प्रहरीले त्रिभुवन विमानस्थलबाट सुन सहित दुई थाइ नागरिकलाई पक्राउ गरेको हो।

थाई एयरलयान्सको फ्लाइट नम्बर टिजी ३१९ नम्बरको विमानबाट काठमाडौं आएका दुई जना थाइ नागरिकलाई प्रहरीले ३ किलो ६ सय ८० ग्राम सुनसहित नियन्त्रणमा लिएको विमानस्थल प्रहरी प्रवक्ता एसपी  दिनेशराज मैनालीले सेतोपाटीलाई बताए।

उनीहरुको सुनको माला, बाला, घडीको कभर, सिक्का लगायत बनाएर सुन ल्याएका थिए।

तीन दिनको अवधिमा विमानस्थलबाट करिब १० किलो सुन बरामद भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *