दैलेख,९ जेठ
दैलेख जिल्लाको भैरबी गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउँपालिकाका प्रायः सबै वडाहरुमा बाटोघाटोको सञ्जाल जोडिएको भएपनी प्रयाप्त यातायातका साधनहरुको अभावमा बिरामीहरुको उपचारमा कठिनाइ भोग्नु परेको थियो । गाउँपालिकाले आफ्नै लगानीमा एम्बुलेन्स खरिद गरि बिरामीहरुको सेवामा खटाएपछी अत्यावश्यक उपचारको अभाबमा हुने कठिनाइबाट जनताहरुले मुक्ती पाउने बिश्वास गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।
जिल्लाका अन्य केही स्थानीय तहहरुले एम्बुलेन्स खरिद गरि आफ्ना जनताहरुलाइ सेवा दिन थालेपछी भैरबीमा पनि एम्बुलेन्स ल्याउनु जनता माग राख्दै आएका थिए । एम्बुलेन्सको माग माग पूरा भएपछि एउटा सपना पूरा भएको स्थानीयवासीहरु बताउँछन् । आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भए लगत्तै गाउँपालिकाकोवासीहरुको इच्छा र चाहना अनुरुप काम गर्ने योजना अनुरुप एम्बुलेन्स सेवा खरिद गरेका हौं बुढाले भने ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले अब जनताले तत्काल आबश्यक उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अबस्थाबाट स्थानीयले केही राहत पाउने बिश्वास व्यक्त गरे । ब १र२ दिन भित्रै उचित भाडादर कायम गरि बिरामिहरुको सेवामा २४ सै घन्टा एम्बुलेन्स उपलब्ध हुने ब्यबस्था मिलाउछौ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद देवकोटाले बताए । साथै बिरामिहरुको आयस्तर हेरि चर्को शुल्क नभइ उचित भाडादर निर्धारण गरिन छ उनले भने । ७ वटा वडा रहेको र कालिकोटको सिमानासङ्ग जोडिएको केही दुर्गम बस्ती समेत रहेको गाउँपालिकाका सबैलाई राहत होस भनी एम्बुलेन्स चालकको नम्बर उपलब्ध गराइने र चालकलाई पनि बिरामिहरुको सेवामा लागिपर्न भनिसकिएकोले आबश्यक परेको खण्डमा जुनसुकै बेलापनी सेवा लिन सकिने समेत जानकारी दिइएको छ ।