भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्द त्यहाको तल्लो सदन लोक सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । मनसुन अधिबेशनको पहिलो बैठकमा नै बुधबार मोदी बिरुद्द अविश्वासको प्रस्ताव दर्ता भएको हो । सभामुख सुमित्रा महाजनले अविश्वास प्रस्ताव स्वीकार गरेकी हुन् ।
भारतीय कंग्रेस र तेलेगु देसम पार्टी लगायतका बिपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । यद्यपि यो प्रस्ताव ४ बर्ष अगाडी दर्ता भएको हो । तर आज मात्रै सभामुखले प्रस्ताव स्वीकार गरेकी हुन् । प्रस्तावमाथि आगामी शुक्रबार छलफल र सोहि दिन मतदान हुने छ ।
हाल सरकारमा भारतीय जनता पार्टीको बहुमत छ । अविश्वास प्रस्ताव दर्ता गरेपनि बिपक्षी संग त्यसलाई पारित गर्न पुग्ने बहुमत छैन । हाल भारतीय लोकसभामा ५ सय ३५ सांसद छन् । प्रस्ताव पारित गर्न २ सय ६८ वा बढी सांसद चाहिन्छ । तर प्रधानमन्त्री मोदीको पक्षमा ३१२ सांसदको समर्थन छ, बिपक्षीसंग २ सय २३ सांसद मात्र छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीको पदलाई कुनै खतरा छैन ।
यसलाई सरकार बिरुद्दको सांकेतिक बिरोधको रुपमा हेरिएको छ । २०१९ मा पुन लोकसभा चुनाव हुदै छन् । बिपक्षीले चुनाव अगाडी सत्तारुढ दललाई कम्जोर बनाउने रणनीति स्वरुप अविश्वासको प्रस्ताव दर्ता गरेको भारतीय संचार माध्यमहरुले विश्लेषण गरेका छन् ।