Friday, May 10, 2024

अबिरल वर्षाले भक्तपुरको पहाडी भाग पहिरोको उच्च जोखिममा भक्तपुरमा बाढीले क्षति

विशेष समाचार समाचार

भक्तपुर, असार २८ गते । गए रातीदेखि परेको अबिरल वर्षाका कारण भक्तपुरको पहाडी भेगहरुमा पहिरोको उच्च जोखिम बनेको छन । वर्षातमा कमी भए पनि रातभर परेको पानीले पहाडी भेगका जमिन गल्दै गएकाले सामान्य घाम लागेपछि पहिरोको जोखिम बढ्न थालेको हो ।

सूर्यविनाक नगरपालिकाको गुण्डू, दधिकोट, सिरुटार, सिपाडोलमा पहिरोको जोखिम बढ्दै गएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूका स्थानीय गणेश वाग्लेले गए रातीदेखि परेको अबिरल वर्षाले यस क्षेत्रका पहाडी भागमा पहिरोको जोखिम बढेको बताए ।

उनले यस क्षेत्रमा रातो माटो भएको माटो पानीले गल्दै गएपछि पहिरोको जोखिम बढेको छ । यसतर्फ स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरु सचेत रहनुपर्ने उनले बताए ।

त्यस्तै चाँगुनारायण नगरपालिका स्थित नगरकोटको स्थानीय सानुकान्छा तामाङले रातभर परेको अबिरल वर्षाले यस क्षेत्रमा पहिरोको जोखिम बढेको बताए । उनले पानी पर्दा रातभर सुत्न नसकिएको र अब पहिरोको आउने डर भएको छ ।

अग्ला बारीका काल्लाहरुले गर्दा पहिरोको उच्च जोखिममा भएकाले यसतर्फ प्रहरी र प्रशासन निगरानी राख्नुपर्ने उनले बताए । अबिरल वर्षासँगै भक्तपुरमा गए रातीदेखि स्थानीयहरुको जनजिवन प्रभावीत बनेको छ ।

 

शनिबारसम्मै भारी वर्षाको सम्भावना

काठमाडौं २८ असार । बर्षाको कहरले आतंक मच्चाई रहेको बेला आगामी शनिबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन् । मनसुन सक्रिय रहेको जानकारी दिँदै मौसमविदहरुले पूर्वदेखि पश्चिमसम्म भारी वर्षाको सम्भावना रहेको जनाएका छन् । मौसमविद्ध हरुका अनुसार पूर्व, मध्य र पश्चिममा भारी वर्षाको सम्भावना छ भने यो शनिबारसम्म सबैलाई सतर्क रहनसामे आग्रह गरेका छन् । मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्मको मौसमी अवस्थाबारे सूचना नै निकालेर जानकारी पनि दिएको छ ।

सूचनामा लेखिएअनुसार बिहीबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ ।

बिहीबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । शुक्रबार दिउँसो र साँझ मध्यम खालको वर्षाको सम्भावना रहे पनि रातिको समयमा भारी वर्षाको हुने अनुमान गरिएको छ । शनिबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमी भूभागका धेरै स्थानहरु र पूर्वका केही स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति भने भारी वर्षाको सम्भावना रहेको मौसमविद हरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *