पछिल्लो २४ घण्टामा ५५९ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र २११ जना

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० चैत
पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। ४ सय ९६ जना पिसिआर र ६३ जना एन्टीजेन परीक्षणमा गरी ५ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ३ सय ६ जना आइसोलेसनमा छन्।

गत २४ घण्टामा ५ हजार १ सय ५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख १७ हजार २ सय ८४ पुगेको छ।

गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५३ पुगेको छ। हाल ८५ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १ सय ३८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये २ सय ११ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा १ सय ५९, ललितपुरमा ४४ र भक्तपुरमा ८ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *