तलबसहित ९८ दिन सुत्केरी बिदा अनिवार्य उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

विशेष समाचार समाचार स्वास्थ्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिलाहरुलाई दिइने सुत्केरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी र सरकारी गैरसरकारी संघ–संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ।

कतीपय सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरूलाई नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो आएको भन्दै मन्त्रालयले महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा अन्ठानब्बे (९८) दिनसम्मको तलब सहितको प्रसूति बिदा उपलब्ध गराउन निर्देशन दिएको छ।

हेर्नुस् विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *