रजत वर्ष महोत्सवको अवसरमा रक्तदान कार्यक्रम

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, २४ कात्तिक


भक्तपुर बचतको रजत वर्ष महोत्सवको अवसरमा संस्थाको आयोजनामा रेडक्रस सोसााइटी भक्तपुरको प्राविधिक सहयोगमा बुधबार सूर्यमढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका संस्थापक अध्यक्ष सत्यनारायण प्रजापतिबाट रक्तदान गरी शुरु भएको उक्त कार्यक्रममा पुरुष ४८ जना र महिला ६ जना गरी जम्मा ५४ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा संस्थाले कात्तिक २५ गते सरसफाइ कार्यक्रम, कात्तिक २६ गते सुकुन्दा र्‍याली र कात्तिक २७ गते सूर्यमढी डबलीमा रजत वर्ष महोत्सव गर्ने तयारी गरेको संस्थाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *