१३ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित 

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २८ भदाै

देशभर हाल १३ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। पाँच  प्रदेशका १३ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को ३, बागमतीको ५, गण्डकीको ३, लुम्बिनीको एक र कर्णालीको एक वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्।

प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की र बागलुङ, लुम्बिनीको रुपन्देही र कर्णालीको सुर्खेतमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यस्तै २१ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। यो सूचीमा धनकुटा, धनुषा, बारा, सप्तरी, सिरहा, नुवाकोट, चितवन, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली, गोरखा, स्याङजा, तनहुँ, पर्वत, दाङ, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला र कैलाली छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *