२४ घण्टामा १४८६ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २८ भदाै

पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार  १२ हजार ५३२ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १४९  र चार हजार ७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार २६० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १६ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर २६ हजार ६३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार ९५८ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ६७२ संक्रमित छन् भने  ४७५ जना आइसियुमा र १३४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २६२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *