काठमाडौं उपत्यकामा थपिए ८ सय ६० कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १४ साउन

उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ६० जना कोरोना संक्रमित थपिएका छन्।

उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ८ सय ६० संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ५९७ जना छन्। यसैगरी भक्तपुरमा १०८ र ललितपुरमा  १५५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *