काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा हुने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले हाल जारी रहेका निषेधका प्रावधानहरुलाई नै निरन्तरता दिने गरी निषेधाज्ञा थपिएको बताए।
निषेधका आदेशमा कुनै परिवर्तन नगरिएको प्रजिअ पराजुलीको भनाइ छ।
यस्ता छन् उपत्यकामा जारी निषेधाज्ञा प्रावधानहरु–
निषेध गरिएका गतिविधिहरु: १) सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न/ गराउन नपाउने ।२) खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न/ गराउन नपाउने।३) पूजारीबाट हुने नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु संचालन गर्न नपाउने।४) शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्यूसन सेन्टर, कोचिङ्ग सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न गराउन नपाउने। ५) स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने। संचालन गर्न पाउने गतिविधीहरु: १) व्यवसाय संचालनको हकमा– २) सर्वसाधारणको आवतजावतको हकमाः ३) सवारी साधन संचालनको हकमाः क) काठमाडौं उपत्यकाभित्र संचालन हुने सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताअनुसार देहायका मापदण्ड पालना गर्ने गरी संचालन गर्ने। ख) सफा टेम्पो तथा निलो माइक्रोले बुदा नं. ३(क) लगायत देहायका मापदण्ड पालना गरी संचालन गर्ने। – पछाडि तेस्रो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कूल ९ जना यात्रुभन्दा नबढाउने। ग) उपत्यकाभित्र संचालन हुने निजी सवारी साधनका हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी संचालन गर्ने। घ) मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी संचालन गर्ने। च) सवारी साधन प्रयोग गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्नुपर्ने । ४) परीक्षा तथा अन्य विषयको हकमाः क. विभिन्न निकायबाट सञ्चालन हुने सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरु देहाय बमोजिम शर्त पालना गर्ने गरी संचालन गर्ने । ख) गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलापहरु संचालन गर्दा भर्चुअल माध्यमबाट गर्ने। भौतिकरुपमा उपस्थित भइ गर्नैपर्ने भएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण परिपालना गर्ने गरी संचालन गर्ने। उल्लेखित आदेशको पालना गर्नु सबैको साझा कर्तव्य हुनेछ। यसको अवज्ञा गर्नेलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही गरिनेछ। संक्रमण बढ्न गएमा यस आदेशमा भएका व्यवस्थाहरु कुनै पनि बेला पुनरावलोकन गर्न सकिनेछ। प्रमुख जिल्ला अधिकारीहरु– काठमाडौं, ललितपुर, भक्तपुर |