आजबाट कोरोनाको दोस्रो डोज खोप लगाइने, यी हुन् उपत्यकाको ३५ वटा खोप केन्द्र

विशेष समाचार समाचार
न्यूज अपडेट

भक्तपुर, ८ बैशाख

कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकाहरुलाई आजदेखि दोस्रो डोज खोप लगाइने छ। दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्ने छ। खोप अभियान अन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा, स्वास्थ्य कार्यालय ललितपुरले ११ वटा र स्वास्थ्य कार्यालय भक्तपुरले ५ वटा खोप केन्द्रको व्यवस्था गरेको छ। प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार गत माघ १४ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरुले खोपकेन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्नेछन्।

यी हुन् खोप केन्द्र र खोप लगाउने मिति

No photo description available.

No photo description available.No photo description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *