राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौं कलेजो प्रत्यारोपण, २५ वर्षीया छोरीले दिइन् बुबालाई कलेजो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
भक्तपुर, २२ चैत

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप एक जनामा कलेजो प्रत्यारोपण गरिएको छ। शनिबार भक्तपुर निवासी ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो।

केन्द्रका निर्देशक डा प्रेमराज ज्ञवालीका अनुसार केन्द्रमा भएको यो छैटौं प्रत्यारोपण हो। शनिबार ४४ वर्षीय पुरुषलाई उनकै २५ वर्षीया छोरीले कलेजो दान गरेको डा ज्ञवालीले जानकारी दिए।

उनका अनुसार केन्द्रमा कार्यरत डा छेतेन योञ्जन, डा अनिसा तिवारी, डा ललित दास, एनेस्थेसियामा डा आरती राई, डा शुसिल तामाङ तथा नर्सहरु बिनिता उप्रेती र अनिता लगायतको टोलीले प्रत्यारोपण गरेका हुन्।

प्रत्यारोपण गर्ने टोलीलाई भारतको म्याक्स अस्पतालका विज्ञ टोलीले ब्याक सपोर्ट गरेको डा ज्ञवालीले जानकारी दिए।म्याक्स अस्पतालबाट डा शलिन अग्रवालको नेतृत्वमा टोली आएका थिए।

यो सँगै नेपालका तीनवटा अस्पतालमा गरेर १२ जनामा कलेज प्रत्यारोपण भएको छ। केन्द्रमा ६, त्रिवि शिक्षण अस्पतालमा ५ र चितवनस्थित चितवन मेडिकल कलेजमा १ गरी १२ जनामा प्रत्यारोपण भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *