पछिल्लो २४ घण्टामा २२६४ जना कोरोनामुक्त, निको हुनेको संख्या एक लाख ३१ हजार नाघ्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ कात्तिक

पछिल्लो २४ घण्टामा थप २ हजार  २ सय ६४  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा  एक लाख ३१ हजार २ सय २२ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७६दशमलभ ९ प्रतिशत रहेको छ।

आज मन्त्रालयका अनुसार ९ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १४ लाख ४३ हजार ३ सय ४३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २ हजार ४ सय १० जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३८ हजार ३ सय ५७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *