बुधबार काठमाडौं उपत्यकामा ८४३ नयाँ संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ कात्तिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जनालाई  कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ।

आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्। आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *