११ हजार ७ सय ६० जना कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

शुक्रबार २१ हजार २ सय ३४ जना संक्रिय संक्रमितमध्ये ११ हजार ७ सय ६० जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ९ सय १८ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १ हजार ६ सय  , प्रदेश २ मा ६ सय १२, प्रदेश ५मा १ हजार २ सय ९, सुदूरपश्चिम प्रदेशमा ५६३, गण्डकी प्रदेशमा ५३२ र कर्णाली प्रदेशमा २५९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *