घरविहिन मुसहर समूदाय

समाचार स्वास्थ्य

राजविराज, २३ माघ


संविधानको धारा ४० को उपधारा (५) मा उल्लेख भएअनुसार ‘भूमिसम्बन्धी (सातौं संशोधन) ऐन २०७५ अनुसार भूमिहीन विपन्नलाई एक पटकका लागि तोकिएबमोजिम जमिन उपलब्ध गराउनुपर्ने विषय उल्लेख छ । तर, तीन पुस्तादेखि बसोवास गर्दै आएका सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ४ वेल्ही चपेनाका दलित मुसहर बस्तीलाई हटाउन अदालतबाटै आदेश भएपछि घर भत्काइएको कारणले १२ परिवारका एक सयभन्दाबढी मुसहर समूदाय अलपत्र परेका हुन ।
सोही ठाउँका रामबहादुर मण्डलले आफ्नो निजी जग्गामा बस्ती रहेको भन्दै रिट हालेपछि सोही अनुसार अदालतबाट बस्ती हटाउन आदेश जारी भएको हो । दलित बस्तीमा जानकारी नै नदिइ गत शनिवार दिउँसो सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका १२ दलित मुसहर परिवार बसोवास रहेको बस्तीमा डोजर लगाएर भत्काइयो । तीन पुस्तादेखि बसोवास गर्दै आएको बस्ती पूर्व जानकारी विना नै भत्काइएका कारण खाद्यान्न र अन्नपात समेत निकाल्न नसक्दा दलित मुहसर परिवारको दैनिकी कष्टकर बनेको छ ।
घरविहिन भएपछि बस्ती नजिकै रहेको पोखरी किनारमा त्रिपालमुनि ओत लागेका १ सयबढी दलित मुसहर समूदायलाई चिसोले सताईरहेको छ भने खानेपानीको अभावका साथै छाक टार्न समेत समस्या भईरहेको विनिता देवी सदा बताउँछन् ।
बस्ती भत्काइएको विषयमा स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय सप्तरीमा ध्यानाकर्षण गराउदाँ समेत आफुहरुको पुर्नरवास गराउनेतर्फ कसैको ध्यान नपुगेको उनीहरुको गुनासो छ गाउँपालिका अध्यक्ष परमानन्द यादवले मुसहर समूदायलाई पुर्नरवास गराउने प्रयास अघि बढाइएको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *