प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार कहिले पाउँछन् सागका पदक विजेताले ?

खेलकूद विशेष समाचार समाचार

काठमाडाैं, १ पुस


१३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार दिन खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्नु पर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार सागका पदकधारी खेलाडीलाई जनही पुरस्कार दिने घोषणा गरेका थिए।प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार कार्यविधि भन्दा बढी भएकाले संशोधनबिना पुरस्कार दिन नमिल्ने भएको हो।प्रधानमन्त्रीले सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने घोषणा गरेका थिए। यस्तै टिममा लागि स्वर्ण जित्ने खेलाडीका लागि जनही ५ लाख दिने पनि प्रधामन्त्रीले घोषणा गरेका थिए। एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने प्रधानमन्त्रीको घोषणा थियो। टिममा रजत र कास्य जित्नेका लागि दिने पुरस्कार खुलाइएको थिएन।गत साता सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो।
यसअघि २०७२ असार २३ गते स्वीकृत भएको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिमा सागका स्वर्ण विजेतालाई ५ लाख, रजत विजेतालाई ३ लाख र कास्य विजेतालाई २ लाख दिने व्यवस्था थियो। यस्तै टिममा स्वर्ण जित्ने खेलाडीलाई जनही २ लाख, रजतलाई जनही १ लाख ५० हजार र कास्यका लागि जनही १ लाख रुपैयाँ दिने कार्यविधिमा उल्लेख छसरकारले सागमा स्वर्ण जिताएका प्रशिक्षक ५ लाख दिने घोषणा गरेको थियो। कार्यविधिमा भने तीन लाख पुरस्कारको व्यवस्था छ।
कार्यविधिमा रजत र कास्य विजेता तथा टिम गेम्सका प्रशिक्षकलाई पनि पुरस्कारको व्यवस्था छ। यस्तै कार्यविधिले सहायक पुरस्कारका लागि पनि पुरस्कारको व्यवस्था गरेको थियो।प्रधानमन्त्रीले सागका पदक विजेतालाई बढाएर पुरस्कार घोषणा गरेसँगै खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासहित राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले बैठक बस्दै कार्यविधि संशोधन गर्ने प्रक्रिया अघि बढाएका छन् ुघोषणा गरिएअनुसारको पुरस्कार दिनका लागि कार्यविधि संशोधन गर्नुपर्छ,युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता पुष्पराज शाहीले भने संशोधनका लागि मन्त्रीज्यूले प्रक्रिया अघि बढाइसक्नु भएको छ।
कार्यविधि संशोधन भएपछि खेलाडीलाई दिने पुरस्कार मन्त्रिपरिषदबाट पारित हुनेछ। प्रधानमन्त्रीले घोषणा भएकाले मन्त्रिपरिषद्बाट पारित हुन कुनै समय नलाग्ने शाहीले बताए।संशोधन गर्ने काम सुरु भइसकेकाले ५/७ दिनमै सकिन्छ,शाहीले भने। संशोधिन कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र पुरस्कार दिने प्रक्रिया अघि बढ्नेछ। पुरस्कार प्रदानका लागि सुरुमा सिफारिस समितिले सिफारिस गर्नु पर्नेछ। सिफारिस समितिमा खेकलुद मन्त्रालयका सचिव संयोजक रहेको पाँच सदस्य हुनेछन्।समितिले साग सकिएको तीन महिना भित्रमा पुरस्कार दिनका लागि सिफारिस गर्नु पर्नेछ। पुरस्कार दिँदा खेलकुद मन्त्रालयले सार्वजनिक कार्यक्रम गर्नु पर्नेछ।
पुरस्कारका लागि आवश्यक व्यवस्था खेलकुद मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम विनियोजित बजेटबाट प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *