राज्यको आँखा पर्न नसकेको मदान ताल

मनोरञ्जन समाचार

दैलेख,३ कात्तिक


नीलो आकाशमुनि देखिने सुन्दर डाँडाकाँडा ‘उत्तर तर्फ भर्ता लेक, तल घना जंगल, अलि भित्रपट्टि पसे अनेकथरी जंगली जनावर , फाट्ट फुट्ट घरहर, बीचमा रमणीय मनमोहक सुन्दर ‘मदान ताल’ ।
बुकी र चैत वैशाख जेठ महिनामा लालीगुराँसले तालको वातावरणलाई मनमोहक बनाउँछ, भने तालमा रमाउनेहरुले ताललाई रङ्ग फेर्ने सौन्दर्यताको ताल भनेर पनि भन्ने गर्दछन ‘मदान ताललाई ।
दैलेख जिल्लाको पश्चिम क्षेत्र ठाटीकाँधको विशालामा रहेको यो ताल आन्तिरिक पर्यटकको गन्तव्य बनेको छ ,भने वाह्य पर्यटकले समेत यो तालको अवलोकन गरेका छन ।
दैलेख जिल्लाकै सबैभन्दा ठुलो यो ताल संरक्षणको प्रखाईमा छ । अहिले राज्यका तीन तह छन ,तर कुनै पनि तहले यो तालको संरक्षण र प्रसार–प्रचारमा ध्यान दिन सकेका छैनन ।
दुर्गम क्षेत्रमा भएकोले सौन्दर्यताको खानी यो तालको प्रसार–प्रसार पनि खास्सै हुन सकिरहेको छैन । कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि कर्णाली राजमार्ग अन्र्तगत दैलेखको रामघाट करिब एक दिनको सवारी यात्रा ,त्यसपछि दाँया तिर करिब २० किलोमिटर कच्चि सडकमा साना गाडीको यात्रा पछि विशाला बाँहाकोट पुगिन्छ ।
बाँहाकोटबाट करिब १ घण्टा पैदल यात्रा गरेपछि सुन्दर मदान ताल पुगिँन्छ । यहाँ जानलाई सानै गाडी भएपनि रिजर्व गर्नुपर्ने अबस्था छ । यस्तै जिल्ला सदरमुकामदेखि १५ कोष टाढा रहेको यो तालमा वसन्त ऋतुका समयमा आन्तरिक पर्यटकको घुँइचो लाग्ने गर्दछ ।
पश्चिम दैलेखका अधिकाँश विद्यालयले पिकनिक मनाउनको लागि यहाँ जाने गर्दछन । फागुन –जेठको समयमा काफल ,गुराँस ,एैसेलु ,चुत्रा टिप्ने र खानेहरुले गर्दा यहाँ छुट्टै आनन्दको अनुभुति हुने गर्दछ । त्यसैले मदान ताल पुग्नलाई विशेषगरी फागुनदेखि जेठसम्मको सिजन उपयुक्त रहेको स्थानीय बताउँछन ।
स्थानीय प्रकाश शाहीका अनुसार हाल सम्म गाउँपालिकाको कार्यालय देखि सिधा सडक सञ्जाल जोडिन सकिरहेको छैन । गाउँपालिकाको कार्यालय देखि यहाँ पुग्न पैदल यात्रामा भिरपाखा छिचोल्दै करिब ४÷५ घण्टा लाग्दछ । ताल ओझेलको मुख्य समस्या सडक हो ,वाह्य पर्यटकले समेत अवलोकन गरेको ठाउँ हुँदा हुँदै पनि राज्यले हेला गरिरहेको छ अर्का स्थानीय खेमराज गौतमले बताए ।
ओझेलमा रहेको यो तालको विकास ,संरक्षण र परिर्वतनका लागि केहि बर्ष पहिले संघीय पर्यटन मन्त्रालयको पार्ट टु कार्यक्रमबाट रु.३० लाख बजेट विनियोजन भएको थियो । विनियोजित बजेटले केहि मर्मत सम्भार गरियो ।
‘जीर्ण अबस्थामा रहेको तालको मर्मत सम्भार गरिएपछि केही महिनाको लागि आन्तरिक पर्यटकका लागि महत्वपुर्ण पिकनिक स्पट बनेको वडा–३ का वडा अध्यक्ष कर्णबहादुर शाहीले बताए ।
सबै खाले समस्यालाई सहजै निर्मुल पार्नु , तालको विशेषतो ,उनले भने । एकचोटी परेको बजेट पनि राम्रो सँग कार्यान्वयन भएको देखिँदैन । यति सुन्दर हुँदाहुँदै पनि प्रचार–प्रसारको अभावले तालले परिर्वतन पाएन ।
शाहीले भने वडा तहको बजेटले तालको संरक्षण गर्न सकिने अबस्था छैन भने पुन बजेट पनि पर्न सकिरहेको छैन । यति महत्वपुर्ण पर्यटकीय स्थलको हाल सम्म लम्बाई, चौडाइ र गहिराइबारे यकिन गरिएको छैन् ।
दैलेख जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार—प्रसार र प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ २०६६ साल देखि दैलेख महोत्सव सञ्चालन हुँदै आएको छ ।
महोत्सव सदरमुकाम मुखि बन्दिदा पश्चिम क्षेत्रमा रहेका मदान ताल लगाएत दर्जनौँ पर्यटकीय स्थलहरु गुमनाम अबस्थामा रहेका छन ।
महोत्सवमा सदरमुकाम नजिकमा रहेका पर्यटकीय स्थलहरुको प्रसार–प्रचार गरिए पनि पश्चिमका क्षेत्रका पर्यटकीय क्षेत्रको प्रसार–प्रचार गरिएको थिएन र हाल सम्म गरिएको देखिदैन । स्थानीय सरकारले तालको नाम गाउँपालिकाको साईन बोर्डमा समेटे पनि यस्को विकासको लागि गुरुयोजना भने बनाउँन सकिरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *