भक्तपुर नगरका अधिकांश लेखापढी फर्मको अनुगमन

विशेष समाचार समाचार

भक्तपुर, ३१ भदौ


भक्तपुर नगरपालिकाले लेखापढी व्यवसाय, घरजग्गा कारोबार व्यवसायहरुको १४ वटा फर्ममा अनुगमन गरेको छ ।
नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा १४ वटा फर्ममा अनुगमन गरेकोमा १३ वटा फर्महरु नगरपालिकामा दर्ता नभएको र एउटा मात्र दर्ता भएको पाइएको छ ।

अनुगमनको क्रममा राउत लेखापढी व्यवसाय, भुसेवा केन्द्र, भवानी लेखापढी, तामाकोशी कानुनी सेवा, रामेछाप सुनापति लेखापढी, माँपलान्चोक भगवति लेखापढी सेन्टर, हाम्रो लेगल सर्भिस, कानुनी सेवा केन्द्र, भद्रकाली कानुनी सेवा, सिद्धि गणेश एण्ड लक्ष्मी हाउजिङ प्रा.लि., राम लक्ष्मण लेखापढी तथा कानुनी सेवा, जुगल कानुनी परामर्श तथा लेखापढी केन्द्र, सिन्धु कानुनी सेवा तथा लेखापढी केन्द्र भक्तपुर नगरपालिकामा दर्ता नभएकाले तीन दिन भित्र दर्ता गर्न, सेवा शुल्कको सूचि राख्न, शुल्कको लेनदेन प्यान नम्बर सहितको रसिदबाट गर्न, लेखापढी लगायत अनुमतिको प्रमाण पत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।यस्तै, अनुगमन टोलीले भिमसेन लेखापढी भने नगरपालिकामा दर्ता भएको भेटिएको र त्यसमा पनि सेवा शुल्कको सूचि राख्न, शुल्कको लेनदेन पान नम्बर सहितको रसिदबाट गर्न, लेखापढी लगायत अनुमतिको प्रमाण पत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिएको थियो । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीमा अनुगमन समितिका वडाध्यक्ष हरिराम सुवाल, भनपा श्यानिटेसका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापपित ,कर शाखाका मोहनदेवी व्याञ्जु, उद्योग वाणिज्य सङघका सञ्जय जोन्छे, महानगरीय प्रहरी परिसरका प्रहरी प्र.स.नि. शमशेर बहादुर श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालयको सहभागिता थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *