मानव धर्म सेवा समितिले मनाए बाल दिवस

शिक्षा समाचार

काठमाडौं, २८ भदौ


‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ नाराका साथ शनिवार देशभर बाल दिवस मनाइने क्रममा नेपाल मानव धर्म सेवा समितिले सोही दिन विभिन्न कार्यक्रमका साथ बाल दिवस मनाएको छ ।


संस्कारयुक्त बाल दिवस मनाउने उद्देश्यका साथ नेपाल मानव धर्म सेवा समिति तथा विभिन्न संघसस्थामा आवद्ध बालबालिकाहरूलाई एकै ठाँउमा भेला पारेर बाल दिवस मनाएको हो ।

सानैदेखि योग साधनाको अभ्यास गराउन सके भविष्यमा स्वस्थ नागरिक बन्ने विश्वासका साथ कार्यक्रममा सन्त महात्माहरूले बालबालिकालाई योग तथा साधनाको अभ्यास गराएका थिए । कार्यक्रममा बालबालिकालाई विभिन्न चरणमा विभिन्न खालका प्रतियोगिताहरू गराइएको थियो ।

साथै बालबालिकाहरूले गीत, नाटक, नृत्य प्रस्तुत गर्नुको साथै आफूमा भएको प्रतिभा देखाएका थिए । बालबालिकाको विकास, संरक्षण, स्वास्थ्य र सहभागिता जस्ता विभिन्न अन्तरराष्ट्रिय प्रतिवद्धता पूरा गर्न हरेक वर्ष भदौ २९ गते नेपालमा बाल दिवस मनाउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *