गुडिया बनाउने १५ दिने तालिम शुरु

समाचार

सल्यान ६, जेठ


सल्यानमा अपांगता भएका ब्यक्तिहरुको लागी गुडिया बनाउने तालिम शुरु भएको छ । जिल्लाको सदरमुकाम खलंगामा सोमबार देखी १५ दिने तालिम शुरु भएको हो । तालिममा अपांगता भएका जिल्लाभरीका २० जना महिला पुरुषहरुको सहभागिता रहेको छ । अपांगता भएका ब्यक्तिहरुको आयआर्जनमा सहयोग पु¥याउने उद्धेश्यले तालिमको आयोजना गरिएको कल्याणकारी अपांग सेवा संघ सल्यानले जनाएको छ ।


जिल्लामा गुडिया बनाउने नयाँ उद्यमी तयार पार्ने र व्यबसायीक बनाउने सोचका साथ अपांगता भएका व्यक्तिहरुका लागी तालिमको आयोजना गरिएको अध्यक्ष कृष्ण बहादुर बुढाले बताए । पछिल्लो  समय अपांगता भएका ब्यक्तिहरुको पनि ब्यवसायमा आकर्षण बढ्दै  गएको उनको भनाई छ ।
‘अपांगता भएका ब्यक्तिहरुको  आकर्षण उद्यम ब्यबसायमा बढेकाले तालिमको आयोजना गरेका हौँ’ उनले भने —‘सहभागीहरु तालिम पश्चात आफै ब्यबसायीक बन्ने हाम्रो अपेक्षा छ ।’ कर्णाली प्रदेश अन्र्तगत सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग र कल्याणकारी अपांग सेवा संघ सल्यानको आयोजनामा तालिमको आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *