अन्तर्राष्ट्रिय सम्मेलन शुरु

विशेष समाचार समाचार

रुपन्देही, १२ चैत 

n’lDagL ljsf; sf]ifsf] cfof]hgf tyf ljgr]:6/ ljZjljBfno a]nfotsf] ;xof]udf d+unaf/b]lv n’lDagLdf z’? ePsf] …blIf0f Plzofdf zflGt / d]nldnfksf nflu wd{ ;+:s[ltsf] e”ldsfÚ ljifos cGTf//fli6«o ;Dd]ngsf] pb3f6g ub}{ d’l:nd ;d’bfosf cu’jf df}nfgf df]xDdb d’:tkmf . ;Dd]ngsf] ljleGg wd{ u’?x?n] pb3f6g ug'{ePsf] xf] . t:jL/ M lg? uf}td, /f;;, ?kGb]xL

लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि लुम्बिनीमा शुरु भएको छ ।

नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलनमा बेलायत, क्यानडा, बङ्गलादेश, नेदरल्याण्डस, इन्डोनेसिया, श्रीलङ्का, भारत र नेपाललगायत १५ मुलुकका २४ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्दैछन् ।

सम्मेलनमा विभिन्न मुलुकले द्वन्द्व अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धको समाधानका उपायलगायतका विषयमा छलफल हुनेछ । सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्ध धर्मको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रा ह्युग मियल, ‘श्रीलङ्कामा युद्धपछिको धार्मिक कट्टरता’का विषयमा बेलायतका चास मोरिसन, ‘नेपालको धर्मनिरपेक्षता र दिगो धार्मिक सहिष्णुताका विषयमा डा योगी सिंहनाथलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यस्तै सहभोजले शान्ति स्थापनामा खेलेको भूमिका, नेपालको शान्ति र पुनर्मिलनलगायतका विषयमा पनि कार्यपत्र प्रस्तुत हुनेछ । बुधबार लुम्बिनी घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले बताए ।

यसअघि सम्मेलनको उद्घाटन सत्रमा बोल्दै विज्ञले बुद्धका उपदेशलाई आत्मसात् गर्नसके संसारबाट सबैखालका द्वन्द्वहरुको अन्त्य गर्न सकिने बताएका छन् । त्यसका लागि संसारभरि बुद्धका उपदेशको प्रचारप्रसार गर्न जरुरी रहेको उनीहरुको भनाइ छ ।

नेपाललगायत दक्षिण एशियाका विभिन्न मुलुकमा लामो समय चलेका द्वन्द्वको समाधान भएको स्मरण गर्दै उनीहरुले दिगो शान्ति स्थापनाका लागि बुद्ध शिक्षाको औपचारिक अध्ययन अध्यापन जरुरी रहेको बताए ।

सो अवसरमा केन्ट युनिभर्सिटी बेलायतका प्रा डा मार्क वइन, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य, कोषका उपाध्यक्ष भिक्षु मेत्तेय लगायतले बुद्ध धर्म र दर्शनको विविध पक्षमाथि प्रकाश पारे। हिन्दू, बुद्ध र इस्लाम धर्मका प्रतिनिधिले संयुक्तरुपमा सम्मेलनको उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *