भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदै

विशेष समाचार समाचार

काठमाडौं २ फागुन


आज १४ फेब्रुअरीमा मनाइने भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् भने विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ ।विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ ।

 


यो दिवसको सुरुवात प्राचीन रोमनबाट सुरु भएको किम्बदन्ती पाइन्छ । विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्बत् २६९ रोमनबाट सुरु भएको हो । तत्कालीन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।जेलमा रहँदा भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइनु भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अर्थात् जेलरकी छोरीलाई दिएको कथन छ ।उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।
भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *