पूँजीगत लाभकर एनसेलबाटै उठाउन सर्वोच्चको आदेश, ६१ अर्ब बक्यौता तिर्न बाकी

अर्थ/वाणिज्य विशेष समाचार समाचार

काठमाडौं, २३ माघ

काठमाडौं, २३ माघ
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री गरेवापतको पूँजीगत लाभकर एनसेलबाट उठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बुधबार प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत् पूर्ण इजलासले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको पूँजीगत लाभकर एनसेल र आजिएटाबाटै उठाउन आदेश दिएको हो ।

अधिवक्ता द्वारिकानाथ ढुंगेलले ठूला करदाता कार्यालय, एनसेल प्रालि र आजियटा इन्भेस्टमेन्ट यूके लिमिटेडलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले अहिले पनि एनसेल आजिएटाको प्रभावकारी नियन्त्रणमा रहेको भन्दै लाभकरको दायित्व आजिएटा र एनसेलमा ब्यहोर्नुपर्ने ठूला करदाता कार्यालयको नाममा परमादेश जारी गरेको हो ।

टेलियासोनेराले एनसेलको आफ्नो स्वामित्वमा रहेको सेयर मलेसियाको आजिएटालाई बिक्री गरेवापतको पूँजीगत लाभकर कसले तिर्ने भन्ने विषयमा विवाद भएको थियो । आजिएटा र एनसेलले उक्त पूँजीगत लाभकर तिर्ने दायित्व आफ्नो नभएको दावी गर्दै आएका थिए ।
कार्यालयका एक अधिकारीका अनुसार एनसेलले ब्याज सहित ६१ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *