दुईदिने नेपालभाषा साहित्य तःमूँज्यामा काशिराम विरस र एलके सुन्दर प्रथम

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २३ असोज


बचालिसौं नेपाल भाषा साहित्य तःमूँज्यामा कवितातर्फ काशिराम विरस र कथातर्फ एलके सुन्दर प्रथम हुन सफल भएका छन् ।
जनता बाँचे, भाषा बाच्छ भन्ने नाराका साथ बयालिस वर्ष अघि स्थापना भएको नेपाल भाषा साहित्य तःमूँज्याले कवितातर्फ काशिराम विरसको खबरदार: र्छगु राजनीति छु ख रु प्रथम, प्रेम प्रजापतिको कतामरी सरकारया बेक्व मिखा द्धितीय र झिता ल्वापु पुसा म्वः तृतीय घोषित गरेको छ भने कथातर्फ एल के सुन्दरको निर्णय प्रथम र रामगोपाल बमनुको पाछरी तु द्धितीय घोषित भएको छ ।

प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले साहित्य विधामा पुरस्कृतलाई पुरस्कार तथा जनकवी चन्द्र बहादुर उलक, कलाकार देवचन्द्र बज्राचार्य, सांस्कृतिक गुरु हरिप्रसाद वाटी र बद्री न्याइच्याईलाई सम्मान गर्दै कामदार जनताका लागि लेखिएको साहित्यले मात्र बहुसंख्यक जनताको हित हुने बताए । उहाँले नेपाली काँग्रेस भारतीय एकाधिकार परस्त पार्र्टी भएकाले देश र जनताको भलाईको लागि काम नगर्ने जिकिर गरे ।

नेमकिपाका सचिव प्रेम सुवालले निर्वाचनमा सिद्धान्तहिन गठबन्धन गर्ने दलका उम्मेदवारहरुलाई हराउनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्व न्यायाधिश गौरीबहादुर कार्की, इतिहासविद् विश्वमोहन जोशी, पूर्व जर्नेल प्रेम सिंह बस्न्यात, ई राजदास श्रेष्ठ, डा, शम्भु पहाडी, स्त्री रोग विशेषज्ञ डा सानुमैया श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा राजेन्द्र कोजुलगायतले गहकिलो मन्तब्य व्यक्त गरे ।

कार्यक्रमको दोस्रो दिन शिक्षासेवी ज्ञानसागर प्रजापतिको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको बीच बीचमा सांगितिक प्रस्तुति प्रस्तुत गरिएको उक्त कार्यक्रमको पहिलो र दोस्रो दिन बेलुकी सांस्कृतिक कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *