चिसोका कारण बिरामीको सङ्ख्या बढ्दै

समाचार स्वास्थ्य

रुकुम, पूर्व, २२ पुस


रुकुम (पूर्व) प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्लामा निकै चिसो बढेकाले बिरामीको सङ्ख्या पनि प्रतिदिन बढिरहेको छ । विगतका वर्षमा स्थानीय स्वास्थ्य चौकीमा चिसो याममाभन्दा गर्मी याममा बिरामीको चाप बढी हुने गरेकामा अहिले चिसो याममै बिरामीको चाप बढेको छ ।
सिस्ने गाउँपालिका ५ रुकुमकोटका ६५ वर्षीय पूर्णबहादुर बुढा मगरलाई रुघाखोकी र ज्वरोले सताएकाले रुकुमकोटस्थित स्वास्थ्यचौकीमा पुगे । पुथा उत्तरगङ्गा गाउँपालिकाका अर्का थानबहादुर पुन पनि त्यस्तै समस्या भएर स्वास्थ्यचौकी पुगे ।

गतवर्ष जाडो शुरु भएको कात्तिकदेखि माघसम्म दिनमा एक/दुई जना मात्र बिरामी आउने गरेकोमा अहिले दिनमा पाँच जनासम्म बिरामी आउने गरेको रुकुमकोट स्वास्थ्य चौकीका इन्चार्ज सुरेन्द्रकुमार यादवले बताए । तीव्र गतिमा भएको जलवायु परिवर्तनका कारणले अत्यधिक चिसो भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *