‘ल्याप्चे मुक्त’ गाउँपालिका निर्माण अभियान

विशेष समाचार शिक्षा समाचार

बाँके, २० पुस


नरैनापुर गाउँपालिकालाई ‘ल्याप्चे मुक्त’ गाउँपालिकाका रूपमा विकास गर्ने अभियान अघि बढाइएको छ ।

राससमा समाचार प्रकाशित भएपछि गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले भने, “हामीले ‘ल्याप्चे मुक्त’ गाउँपालिकाका बनाउने अभियान शुरु ग¥यौँ ।” करीब १२ हजार बढी नागरिक निरक्षर रहेको उक्त गाउँपालिकालाई साक्षर बनाउन अभियान नै चलाउनुपरेको उनले बताए ।

“गाउँपालिकामा निरक्षरको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई साक्षर बनाउँछौँ”, अध्यक्ष साहले भने, “यसले गाउँपालिकालाई ‘ल्याप्चे मुक्त’ बनाउनेछ ।” गाउँपालिकामा अझै पनि १२ हजार बढी निरक्षर छन् । “उनीहरूलाई साक्षर बनाउन साक्षरता अभियान शुरू गरेका छौँ”, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले भने, “ल्याप्चेका कारण सामाजिक सुरक्षाभत्ता वितरणमा समेत समस्या भइरहेको छ”, अध्यक्ष साहका अनुसार तथ्याङ्क सङ्कलन गरेर पहिलो चरणमा तीन हजारलाई साक्षर बनाइनेछ ।

अध्यक्ष साहले भने, “पहिलो चरणमा साक्षर गराएकाले बाँकी रहेका निरक्षरलार्ई साक्षर बनाउन परिचालन गर्ने गरी अभियान सञ्चालन गर्ने तयारी गरेका छौँ ।” चैतभित्र तीन हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्यअनुसार गाउँपालिकाका छवटै वडामा खटिने १०० सहजकर्तालाई रु १४ लाख मूल्य बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

नरैनापुरसँगै नेपालगञ्ज उपमहानगरका विभिन्न वडा र बाँकेमा गरी अझै ८० हजारको हाराहारीमा नागरिक निरक्षर रहेको तथ्याङ्कले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *