चीन भ्रमणमा प्रधानमन्त्रीको स्वास्थ्य एजेन्डा

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट  संवाददाता
काठमाडाैं, १६ मंसिर
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीनको ‌औपचारिक भ्रमणमा जाने कार्यतालिका रहेको छ। प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृतका लागि आइतबार मन्त्रिपरिषद बैठक बस्दै छ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न सहयोगका विषयमा हस्ताक्षर गर्ने छन्। भ्रमणमा नेपालका तर्फबाट राख्ने विषयहरु तयार भइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि भ्रमणका क्रममा दुई वटा विषय प्रस्ताव गरेको छ। उक्त विषय प्रधानमन्त्रीको भ्रमणको एजेन्डामा परिसकेको परराष्ट्र मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
परराष्ट्र स्रोतले दिएको जानकारी अनुसार स्वास्थ्य मन्त्रालयले गरेको पहिलो र महत्वपूर्ण प्रस्ताव भनेको काठमाडौंमा सुपरस्पेसियालिटी सेवा सहितको न्यूरो अस्पताल निर्माणको विषय रहेको छ। चीनले न्यूरो अस्पताल निर्माणमा सहयोग गर्न इच्छा देखाइसकेको छ। चीन सरकारबाट यसका लागि डिपिआर समेत माग भएको छ।
दोस्रो विषय भनेको चितवनमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र काठमाडौंमा रहेको निजामती अस्पतालको सेवा सुविधा विस्तार गर्ने विषय रहेको छ। यी दुवै अस्पतालहरु चीन सरकारकै सहयोगमा निर्माण भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *