भक्तपुर, २९ साउन (रासस)ः सूर्यविनायक–८ सिपाडोलका सानुभाइ नेपालीले चलाएको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु हुनका साथै अर्को एकजना घाइते भएका छन् ।
द्रुत गतिमा हुँइकिएको मोटरसाइकलले सडक किनारामा हिँडीरहेकी सिन्धुपाल्चोक चौताराकी ७० वर्षीया लक्ष्मी श्रेष्ठ र मैया श्रेष्ठलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा लक्ष्मीको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ ।