नेपालमा पहिलोपटक डिजिटल प्रविधिबाट मन्त्रिपरिषद बैठक, अब यसरी पुग्छ मन्त्रालयबाट प्रस्ताव

राजनीति विशेष समाचार समाचार

केपी शर्मा ओली नेतृत्त्वको मन्त्रिपरिषदले आजदेखि कागजको ठाउँमा डिजिटल बैठक थालेको छ। मन्त्रिपरिषदको बैठकलाई ‘पेपरलेस’ बनाउने सरकारी निति अनुरुप प्रधानमन्त्री र मन्त्रीहरुले कागजको साटो म्याकबुक ऐरको प्रयोग गर्न थालेका हुन।

मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि शाखाले साउनदेखिका मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने नीति अख्तियार गरेको थियो। सोहि अनुसार बिहिबारको बैठकमा पहिलो पटक कागज प्रयोग नगरिएको हो। आजको बैठकमा सबै मन्त्रीका हातमा म्याकबुक छ भने बैठकका विषय मन्त्रीहरूलाई इमेल गर्नेछन। त्यही हेरेर मन्त्रीले छलफलमा भाग लिनेछन्।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार  विष्णु रिमालले मन्त्रिपरिषद्को बैठक कागजबिहिन हुने क्रममा रहेको बताए। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि यही अभ्यास अनुसार प्रधानमन्त्रीसहितका मन्त्रीहरुले म्याकबुकको प्रयोग गरेका छन्।

यसअघि नै प्रधानमन्त्री कार्यालयले मन्त्रीलाई ‘म्याकबुक ऐर’ खरिद गरिदिन सबै मन्त्रालयलाई पत्राचार गरेको थियो। सबै मन्त्रीलाई समान किसिमको ल्यापटप होस् भनेर प्रधानमन्त्री कार्यालयले तोकेरै ‘म्याकबुक ऐर’ खरिद गर्न भनेको हो।

बिगतमा एउटा प्रस्ताबको ४० कपि प्रिन्ट गरि सम्बन्धित मन्त्रालयले आफुसंग १० कपि राख्ने गर्थ्यो र ३० कपि प्रधानमन्त्री कार्यालयमा पठाउने गर्थ्यो। र सोहि अनुसार मन्त्रीले आ आफ्ना मन्त्रालयका प्रस्ताबको कागजी फाइल बोकेर मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन्थे।

तर अब भने एउटा प्रस्ताबको मात्र १० कपि हुनेछ भने सो कपि पनि  आफ्नो निजि प्रयोगको लागि मन्त्रालयले आफुसंग नै राख्नेछ। तर उक्त प्रस्ताब प्रधानमन्त्री कार्यालयमा डिजिटल रुपमा उपलब्ध हुनेछ। बैठकमा म्याक बुक ऐर खोलेर उक्त प्रस्ताबहरु सबै मन्त्रीहरुले एक साथ हेर्न र छलफल गर्न सक्नेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *