२८ वर्षपछि इंग्ल्याण्ड सेमिफाइनलमा, स्वीडेन पराजित

खेलकूद विशेष समाचार समाचार

२३ असार, काठमाडौं ।

स्वीडेनलाई २-० ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्याण्डका लागि खेलको ३० औं मिनेटमा हयारी मागुरे र डेल अलीले ५८ औं मिनेटमा गोल गरे ।

कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ १-० ले अग्रता लिएको इंग्ल्याण्डका लागि डेल अलीले गोल गर्दै अग्रता दोब्बर पारे । जेसस लिंगाडको क्रसमा उनले हेडमार्फत बललाई जाली चुमाए ।

इंग्ल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनल पुगेकाे हाे । यसअघि इंग्ल्याण्ड सन् १९९० सालमा सेमिफाइनलसम्म पुगेको थियो ।

इंग्ल्याण्डले फाइनल प्रवेशका लागि शनिबार राति हुने रसिया र क्रोएसियाबीचको खेलको विजेतासँग आउँदो बुधबार प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *