‘राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०–२०९०’ मन्त्रिपरिषदबाट स्वीकृत

विशेष समाचार समाचार स्वास्थ्य
 न्यूज अपडेट संवाददाता
काठमाडाैं, १ असार

राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०–२०९० मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्रको दश वर्षे स्वास्थ्य वित्त रणनीति मन्त्रिपरिषदबाट स्वीकृत भएको हो।

स्वास्थ्य क्षेत्रमा आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न, लगानीलाई थप पारदर्शी र लागत प्रभावकारी बनाउन तथा वित्तीय अनुशासनलाई सुदृढ गर्न रणनीति ल्याएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नागरिकको स्वास्थ्य सेवामा समतामुलक पहुँच र उपयोग वृद्धि गरी समग्रमा स्वास्थ्यमा हुने व्यक्तिगत खर्च कम गरी समग्र स्वास्थ्य प्रणालीलाई सवलीकरण गर्न राष्ट्रिय स्वास्थ्य वित्त रणनीति आवश्यक रहेको मन्त्रालयले जनाएको छ।  स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि वित्त व्यवस्थापन गर्ने लक्ष्य रणनीतिमा राखिएको छ।रणनीतिका लागि २०६३ सालदेखि नीतिगत बहस चलेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *