कामरेड शोभा प्रधानको असामयिक निधन, भोली इनागः (सिद्धपोखरी)बाट श्रद्धाञ्जली अर्पण गरिने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, ९ असार


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष कामरेड नारायणमान विजुक्छेँ(रोहित)की जीवनसंगिनी तथा नेपाल क्रान्तिकारी महिला संघ, केन्द्रीय समितिका कोषाध्यक्ष तथा नेक्राशिसंघका केन्द्रीय सदस्य कामरेड शोभा प्रधानको बुधबार अपरान्ह ३ः४५ बजे असामयिक निधन भएको छ ।
विसं. २०७७ पुस १३ गते भक्तपुरको वागीश्वरी माविबाट अनिवार्य अवकासश पाएका उनी शिक्षक संघमा रही योगदान गरेको छ । विभिन्न समयमा भएका नेपालको राजनीतिक आन्दोलनहरुमा समेत सक्रिय भएकी उनी पार्टीका कार्यकर्ताबीच संघर्षशील र उदाहरणीय व्यक्तिका रुपमा परिचित रहेको छ ।
कामरेड शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्न भोली शुक्रबार १ः०० बजे इनागः(सिद्धपोखरी) बाट शुरु हुने नेपाल मजदुर किसान पार्टीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *