‘गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया सम्पन्न

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडौं, १ असाेज

गोसाईकुण्ड युवा समाजकोे आयोजनामा ‘गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया कार्यक्रम सुर्यपार्क टोखा नगरपालिका वडा ६ मा सम्पन्न भएको छ । ‘समृद्ध नेपाल र सुखी नेपालीको स्रोत तथा सम्पदा संरक्षण अभियान’ नाराका साथ मंगलबार कागेअष्टमीका दिन नेपालका ७५३ पालिकालाई नै समृद्ध बनाउने अभियानका साथ भएको कार्यक्रममा विशिष्ट अतिथि माननीय पूर्व प्रदेशमन्त्री रामेश्वर फुँयालले राष्ट्रिय समृद्धिको खुशी र सुखीको कार्य गर्नका लागि बहस पैरवी गर्नुपर्ने धारणा राखे । विश्वको अत्यन्त सुन्दर देश मध्ये नेपाल पनि एक हो । जसको समृद्धि पर्यटनबाट सम्भव छ, तसर्थ सांस्कृतिक सम्पदाको संरक्षण सम्बर्द्धनमा स्रोत र साधनको प्रयोगमा जोडदिनु पर्ने धारणा पूर्वमन्त्री फुँयालले राखे । फुँयालले भने — राजनेता मदन भण्डारीको कुराले चिउरा विक्दैन काम गर्नुपर्छ कामका सन्दर्भमा अहिले ७ सय ५३ वटा स्थानीय तहले राम्रो कार्य गरिरहेको छ । महामारीमा मात्रै नभई अन्य विकास, निर्माणका काममा समेत धेरै राम्रो कार्य भइरहेको छ । राष्ट्रको हितको सन्दर्भमा राज्यले बोल्नु आवश्यक रहेको जनाउँदै अहिले धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा २७ फिट अग्लो शिवको मुर्ति तथा अमरसिंह थापाको सालिक बनाइने छ ।

कार्यक्रमका अतिथि समाज सेवी, गोसाईकुण्ड खानेपानीका संस्थापक तथा गोसाईकुण्ड युवा समाजका सल्लाहकार मणिराज डंगोलले आजभन्दा करिव १४ बर्ष अगाडि स्थानीयमा रोजगारी सृजना गर्नका लागि आक्वा गोसाई कुण्डको स्थापना गरेको जनाउँदै नेपालको इतिहास, भुगोल, सांस्कृतिक सम्पदाको बेलैमा पहिचान गर्नुपर्ने धारणा राख्दै गोसाई कुण्ड र कागेश्वरीको संगम स्थलबारेमा प्रस्ट्याए । विशिष्ट अतिथि उप मेयर ज्ञानमाया डंगालले जहाँ नेवारको बस्ती हुन्छ त्यहाँ संस्कृति सम्पदा रहेको हुन्छ तसर्थ संस्कृति सम्पदाको संरक्षण, प्रवर्द्धनमा राज्यले विशेष ध्यानदिनु पर्नेमा जोड दिदै आफूहरुले हरेक वडामा विकास निर्माणमा अघि रहेको अवगत गराइन् । कार्यक्रममा गासाई कुण्ड यूवा समाजका सल्लाहकार तथा संस्थापक सुमित्रा महर्जन, वडा नं. १० का मधुसदन पाण्डे, टोखा सम्पदा दबूका धर्मराज श्रेष्ठ, टोखा प्रहरी प्रभाग प्र.ना.नि चक्र पुजारा, टोखा प्रहरी प्रभाग इन्जार्ज प्र.संनि. खेम पौडेल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ‘गोसाइँकुण्ड र कागेश्वरीधामको संगम टोखा’ बुलेटिन बिमोचन गरेको थियो । गोसाईकुण्ड यूवाका गोपी शिवोकाटीको अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *