भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिसँग बडीमालिका नपाका प्रमुख अमर खड्काबीच भेट

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ५ असार


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले भक्तपुर नगरपालिकामा भेट गरे ।
भेटमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदा संरक्षण लगायतका क्षेत्रमा गरिरहेको कार्यबारे संक्षिप्तमा जानकारी गराउदै नगरप्रमुखहरुबीचको अनुभाव आदान प्रदानले नगरपालिकाहरु अगाडि बढ्न सहज हुने बताए ।
उनले विगतका वर्षहरुमा जस्तै आगामी वर्षमा पनि निर्वाचनको बेला निर्वाचन घोषणापत्र मार्पmत गरेका बाचाहरु पूरा गर्न लागि पर्ने बताए ।
बडीमालिका नपाका प्रमुख खड्काले बडीमालिका नगरपालिकाले गरिरहेको विकास निर्माण लगायतका विविध गतिविधिबारे पनि संक्षिप्त जानकारी गराए । उनले शिक्षा, स्वास्थ्य र सरसफाइ क्षेत्रमा भक्तपुरले गरिरहेको कामबाट आपूmहरु प्रभावित भएको र जनताको हितमा काम गर्न भक्तपुर नगरपालिकाको अनुभवले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *