बो सिंह पुनः शिलु महाद्यः मा स्थानान्तरण

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ५ असार


भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको बो सिंह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको छ ।


भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाको संयुक्त पहल र स्थानीय जनताको सहभागितामा शनिबार उक्त बो सिंहहरु पुरानै ठाउँमा राख्नको लागि निकालिएको हो ।


शनिबार करिब १२ः०० बजे भक्तपुरको गोल्मढीका स्थानीय जनताले परम्परागत शैलीमा बाजागाजा सहित गोल्मढीमा रहेको बो सिंहको मूर्तिहरु पुनः शिलु महाद्यः मा स्थानान्तरण गरेका थिए ।


स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाले गोल्मढीको गःहिटीमा एक जोडी नयाँ बो सिंह पुनःस्थापन समेत गरेको थियो । उक्त बो सिंहहरु क्रेनको सहायताले झिकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *