पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २५ कात्तिक

पछिल्लो २४ घण्टामा ३१७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ५३५ सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा २७९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ।

उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १८८ जना आइसीयू र ५४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *