दशैंको समय सृजनशील कार्यमा लगाउनुपर्ने ः प्रमुख सुनिल प्रजापति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, २४ असोज


“दशैंको समय सृजनशील कार्यमा लगाई आरुनो संस्मरण, लेख, रचना र पुस्तक लेखनमा व्यतीत गर्नुपर्छ ।” भन्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दशैं तिहार कसरी सभ्य, सुसंस्कृत र सृजनशील बनाउने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए ।


प्रमुख प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा वडा दशैं, शुभ दीपावली, ने.सं. ११४२ र छठ पर्वको उपलक्ष्यमा आइतबार शुभकामना आदान प्रदान कार्यक्रममा सम्पन्न भयो ।
कार्यक्रममा उनले देशको वर्तमान राजनैतिक परिप्रेक्ष्यलाई खोटल्दै देशको राजनीतिको विषयमा सबैले चिन्तन मनन गर्नुपर्ने विचार व्यक्त गरे । “अहिले शासन सत्तामा रहेकाहरुले गरेको हुँदा देशघाती सम्झौताहरु देशको सार्वभौमीकता रक्षाको लागि विदेशीहरुको दबाबमा गर्न लागिएको एमसीसी सम्झौताको निरन्तर विरोध गर्नु देशभक्त नागरिकको कर्तव्य हो” उनले भने ।
भक्तपुर नगरपालिकाले सर्त सहितको विदेशी सहयोगलाई अस्वीकार गरी जनताको सहयोगमा ङातापोल र भैरबनाथ मन्दिर लगायतका सम्पदा संरक्षण कार्य सम्पन्न गरी उदाहरणीय कार्य गरेको उल्लेख गर्दै देशलाई बौद्धिक दरिद्रताबाट जोगाउन सरकारले देशमा उत्पादन भएको जनशक्तिलाई आरुनै देशमा काम गर्न दिने वातावरण सृजना गर्नुपर्ने बताए ।
कार्यक्रमका सभापति एवं भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाद्वारा वडा नं. १ बाट भइरहेको विकास निर्माणका गतिविधिहरुको बारेमा जानकारी दिदै सम्पदा संरक्षण, युवा तथा महिला लक्षित, स्वरोजगारी उन्मूख कार्यक्रमहरु गर्दै वडामा रहेका ४ वटा पोखरीहरु संरक्षण गरी सम्पदाले भरिपूर्ण वडाको रुपमा परिचित गर्न जनप्रतिनिधिहरु लागि परेको उल्लेख गरे ।


कार्यक्रममा भनपा वडा नं. १ का समाजसेवी लक्ष्मी नारायण राजलवटले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा गरिरहेको कार्य उल्लेखनीय रहेको चर्चा गरेको थियो भने बासु मा.वि.का प्राचार्य अम्बिका न्याइच्याईले पार्टीको घोषणापत्रमा उल्लेख भए अनुसार जनप्रतिनिधिहरुको अथक प्रयासबाट भक्तपुर नगरपालिले शिक्षा, स्वास्थ्य, खेलकुद लगायत महिलाहरुको समतामूलक विकासको लागि गरिरहेको प्रयासबारे चर्चा गरे ।
कार्यक्रममा वडासदस्य सूर्यप्रसाद श्रेष्ठ, गंगालक्ष्मी बमनु र वडा सचिव दमोदर लिवीले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *