काठमाडौं उपत्यकामा ७३ प्रतिशत जनसंख्याले लगाए कोरोनाविरुद्धको पूर्णमात्रा खोप

विशेष समाचार समाचार स्वास्थ्य

काठमाडौं उपत्यकामा ७३ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज १३ गतेसम्मको तथ्याक अनुसार लक्षित जनसंख्या २१ लाख २९ हजार ७७३ मध्ये १५ लाख ६२ हजार ७३४ जनाले पूर्ण मात्रा खोप पाएका छन्।

त्यसैगरी, ७६ प्रतिशत (१६ लाख २२ हजार ४४१ प्रतिशतले पहिलो मात्रा खोप पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जिल्लागत रुपमा काठमाडौं जिल्लामा ७४ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छन्। काठमाडौं जिल्लामा रहेका १५ लाख ६२ लक्षित जनसंख्यामध्ये ११ लाख १२ हजार ८९३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्। ७८ प्रतिशत अर्थात ११ लाख ७७ हजार ६० जनाले पहिलो मात्रा खोप लगाएका छन्।

भक्तपुर जिल्लामा २ लाख ४६ हजार ८५१ लक्षित जनसख्यामध्ये १ लाख ८४ हजार ७८७ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। यो संख्यामा जोन्सन एन्ड जोन्सन तथा दोस्रो मात्रा खोप लगाउन भक्तपुर गएका व्यक्तिहरुको संख्या पनि जोडिएको मन्त्रालयले जनाएको छ।

भक्तपुरमा ६३ प्रतिशत अर्थात १ लाख ५५ हजार ३२६ जनाले पहिलो मात्रा खाेप लगाएका छन्।

३ लाख ८२ हजार ८६० लक्षित जनसंख्या रहेको ललितपुर जिल्लामा ६९ प्रतिशत ( २ लाख ६५ हजार ५४)ले पूर्ण मात्रा खोप लगाएका छन्। त्यसैगरी, ७६ प्रतिशत ( २ लाख ९० हजार ५५) जनाले पहिलो मात्रा खोप पाएका छन्।

देशभरको तथ्यांक हेर्दा अहिलेसम्म नेपालमा २८ दशमलव ७ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेका छन्। यस्तै पहिलो डोज खोप लगाउने ३३ दशमलव २ प्रतिशत पुगेका छन्।

नेपालमा असोज १३ गतेसम्म ६२ लाख ३८ हजार १ जनाले पूर्ण मत्रा र ७२ लाख १४ हजार ७४२ जनाले पहिलो मात्रा काेराना विरुद्धको खोप लगाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *