भक्तपुरमा जिल्लाब्यापी धिमेबाजा प्रतियोगिता शुरु

कला/साहित्य पर्यटन मनोरञ्जन विशेष समाचार समाचार

भक्तपुर, २५ माघ
भक्तपुर नगरपालिकाको आयोजनामा शनिवार दतात्रयमा भक्तपुर जिल्लाब्यापी धिमेबाजा प्रतियोगिता शुरु भएको छ । पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति नाराका साथ शनिवार र आइतवार हुने उक्त प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं.१ दुधपाटीबाट शुरु भई नगर परिक्रमा गरी दतात्रयको मूल्यांकन स्थलमा आइपुगेको हो ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले सांस्कृतिक प्रतियोगिताहरुले यहाँका कला र संस्कृति बचाइराख्न मद्दत पु¥याउने र प्रतियोगी टोलीमा उत्साह थप्नुका साथै आपसी सम्बन्ध कायम गर्न मद्दत पुग्ने बताए।

शक्तिशाली भूकम्पहरुमा माटो जडित घरबाट हुने क्षति र हानी सिमेन्टबाट बनेका घरको तुलना कम हुने बताउँदै सांसद सुवालले भक्तपुरलाई ‘सांस्कृतिक राजधानी’ को रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिए।

उनले सम्पदा संरक्षणसँगसँगै पर्यटन उद्योगको विकास पनि हुँदै जाने बताउँदै सरकारले उपत्यकालगायतका सांस्कृतिक सम्पदा संरक्षणमा विशेष प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताए ।

भक्तपुरको दत्तात्रयमा भएको प्रतियोगिताको उद्घाटन समारोहमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला–संस्कृतिलाई अनन्तकालसम्म जोगाइराख्न यहाँको कला, संस्कृति, भाषा आदिको संरक्षणमा नपाले अग्रणी भूमिका खेलिरहेको बताए ।

नपाको आयोजनामा भएको धिमेबाजा प्रतियोगितामा भक्तपुर जिल्लाभरीबाट ७७ वटा बाजा समूहको सहभागिता रहनु खुसीको कुरा हो– उनले भने।

भक्तपुर महोत्सवमा पनि विभिन्न बाजा प्रतियोगिता गर्ने योजना रहेको उल्लेख गर्दै उनले सरकारले घोषणा गरेको नपाल भ्रमण वर्ष २०२० सफल पार्न वर्षभरी पर्यटक केन्द्रित विभिन्न गतिविधि सञ्चालन गर्ने जानकारी दिए।
भक्तपुरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रदर्शन गर्न लायक शहरको रुपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए ।

भक्तपुरको दुधपाटी इनागबाट शुरु भएको र्‍यालीमा सम्बोधनको क्रममा नेमकिपा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले प्रतियोगिताको सफलताको कामनाका साथ सम्पदा र संस्कृति संरक्षणमा भक्तपुर नपाको कदम प्रशंसनीय भएको बताउँदै कला र संस्कृति संरक्षणमा जनताको हातेमोला आवश्यक भएको बताए ।

हाम्रो कला, संस्कृति र सम्पदा नयाँ पुस्तलाई हस्तान्तरण गर्दै जानुपर्ने आवश्यकता औंल्याउँदै सांसद गोसाईले बाजागाजा र नाचगानले जीवन र सिङ्गो शहरलाई जीवन्त बनाउने बताए।

उपप्रमुख रजनी जोशीले संस्कृतिकर्मीहरुले आपूmले सिकेको कला नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै भक्तपुरलाई कला र संस्कृतिको जीवन्त नगरको रुपमा परिचित गराउने उद्देश्य सहित नगरपालिका अगाडि बढिरहेको बताइन्।

धिमेबाजा प्रतियोगिताको उद्घाटन ¥याली भनपा–१ इनागबाट शुरु भई भार्वाचो–तेखापुखु– बंशगोपाल–नासमना–बुल्चा–टौमढी–क्वाछें–साकोठा–सुकुलढोका–गोल्मढी–इनाचो हुँदै दत्तात्रयमा पुगी सभामा परिणत भएको थियो । प्रतियोगीहरुले बाजा बजाएर नगर परिक्रमा गर्ने क्रममै मूल्यांकनकर्ताहरुले विभिन्न ठाउँहरुमा बसेर स्थलगत मूल्यांकन गरेका थिए ।

नगरपालिकाको आयोजनामा भएको धिमे बाजा प्रतियोगितामा भक्तपुर नगरपालिकाबाट–६०, चाँगुनारायण नपाबाट–१३, सूर्यविनायक नपाबाट–२ र मध्यपुर थिमी नपाबाट–२ गरी ७७ बाजा समूह टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा पहिलो दिन ४० वटा बाजा समूहले र दोस्रो दिन ३७ वटा बाजा समूहले प्रस्तुति देखाउने कार्यक्रम रहेको छ भने प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम माघ २६ गते नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेंको आतिथ्यता भनपा–९, दत्तात्रयमा हुनेछ ।

प्रतियोगितामा प्रथम हुन सफल टोलीलाई नगद रु। ३०,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, सिछ्या १ जोडी, द्वितीय टोलीलाई नगद रु। २५,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, तृतीय टोलीलाई नगद रु। २०,०००।—, धिमे १ थान, सिछ्या १ जोडी र सान्त्वना हुन सफल दुईवटा टोलीलाई नगद रु। १०,०००।—, धिमे १ थान प्रत्येक टोलीलाई प्रदान गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *