बुद्ध एयरको पोखरा–विराटनगर सिधा उडान शुरु

समाचार

कास्की, २१ माघ


बुद्ध एयरले पोखराबाट विराटनगरका लागि उडान सेवा शुरु गरेको छ । पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सम्म सिधा हवाई सेवा सञ्चालन गर्दै आएको बुद्ध एयरले सोमबारदेखि पोखरा–विराटनगर सिधा हवाइ सेवा शुरु गरेको हो ।
पहिलो उडानमा पोखराबाट १८ जना यात्रु लिएर विराटनगर उडेको जहाजले बिराटनगरबाट समेत १८ यात्रु लिएर पोखरा आएको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए ।
उनले पहिलो चरणमा हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्ने बताए । ‘माग बढ्दै गए पछि दैनिक उठान सञ्चालन गछौं’ उनले भने ।
नेपाल भ्रमण वर्षलाई लक्षित गरी बुद्ध एयरले पर्यटन प्रर्वद्धधन गर्न पोखरादेखि विराटनगरलाई सिधा हवाई सेवा शुरु गरेको बरालको भनाई छ ।
पोखरा बिराटनगरको हवाई यात्रामा १ घण्टाको समय लाग्ने छ। उडान शुल्क नेपाली र भारतीलाई ६ हजार २ सय रुपैया कायम गरिएको छ । यस्सैगरी विदेशीलाई १ सय ३० डलर लाग्ने बरालले बताए । पोखराबाट ११ बजेर ४५ मिनेट र विराटनगरबाट १ बजेर १० मिनेटमा उड्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *